सर्वोच्चको गेटबाट आधा दर्जन प्रदर्शनकारी पक्राउ

सर्वोच्चको गेटबाट आधा दर्जन प्रदर्शनकारी पक्राउ

प्रहरीले सर्वोच्च अदालतको गेट अगाडिबाट सात जना प्रदर्शनकारीलाई पक्रेको छ ।

अदालतको गेटमा धर्नामा बसेको नेपाल बारका कानुन व्यवसायीहरु र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको समर्थनमा त्यहाँ पुगेका अभियन्ताकर्मी तारा बरालको समूहबीच झडप हुँदा बराल पक्षका सात जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेका सबैलाई पुलिस क्लब भृकुटीमण्डपमा लगिएको छ ।

टिप्पणीहरू