चीनको हवाई, भारतको रेल– कसको कति झेल ?

चीनको हवाई, भारतको रेल– कसको कति झेल ?

–कौशल चेम्जोङ

यसबेला चीनियाँहरुको सहयोग र सक्रियतामा निर्माण गरिएको पर्यटकीय नगरी पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबारे चर्चा सुरु भएको छ । किनभने आउँदो केही महिनाभित्रै काठमाडौं गौचरणमा सिमित बनेको अन्तर्राष्ट्रिय विमानस्थलको चापमा कमी आउने छ । हवाइ मार्गबाट आउने पर्यटक काठमाडौंमा बस्नै पर्ने बाध्यताबाट मुक्त हुनेछन ।

पोखराको पर्यटकीय गतिविधिमा यो विमानस्थल कोशे ढुङ्गा सावित हुनेछ । यो विमानस्थलको निर्माणले नेपालको हवाइ क्षेत्रको साख वृद्धि भएको छ । लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । यसले ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने नारामाथि धावा बोल्ने ‘मोदी का गोजी मिडिया’लाई झड्का लाग्नेछ ।

चर्चामैं सिमित अनि पर्यावरणीय मुद्दालाई तेर्साएर खाकामैं थाँती रहेको निजगढ अन्तर्राष्टिय« विमानस्थल निर्माण हुँदा आउँदो केही दसकसम्मको हवाइ चाप धान्न सकिने अवस्था हुनेछ । यस्तो बेला नेपालको यातायात क्षेत्रमा महत्वपूर्ण मानिएको रेलको चर्चा उठ्नु स्वभाविक बनेको छ । र, दुई विसाल असल छिमेकी जसलाई कहिले पनि बदल्न सकिदैंन चीन र भारत, यिनका बारे पनि नेपालीमाझ स्वभाविक रुपमा अनेकन चर्चा हुनु स्वभाविक छ ।

चीन र भारतबिच चर्चा चल्दा चीनियाँ र भारतीयले नेपालीहरुप्रति गर्ने सहयोगको बारेमा वहस हुने गरेको छ । यस्तो बेला छिमेकीहरुले गर्ने व्यवहारको बारेमा स्वभाविकरुपमा कुरा उठ्छ । यसै मेसोमा ‘रोटीबेटी’को सम्बन्ध भएको भारतसँग नेपालीहरुले धेरै ठूलो अपेक्षा राख्छन, जुन स्वभाविक पनि छ । तर यो अपेक्षामा भारतीय सहयोग खरो उत्रने गरेको छैन, बरु निराशजनक छ ।

सम्भवतः भारतीय जनताको होइन, त्यहाँका केही ब्यूरोक्र्याट्स र केही पार्टीको नीतिले यस्तो भएको हो । जसले नेपालको स्वतन्त्र अस्तित्वले भारतको निम्ति मजवुत किल्लाको काम गर्छ भन्ने सत्यलाई कहिले पनि बुझ्नै सकेनन वा चाहेनन । नेपालको उपस्थितिले भारतको रक्षाक्षेत्रमा आइपर्ने गम्भीर संकटलाई टार्न सहयोग पुग्छ भन्ने सत्यलाई स्वीकार्नै चाहेका छैनन । त्यसैले भारत आपूmलाई नेपालको दाई ठान्छ, चीनसँग युद्धमा एकपल्ट पराजित भएको भारत उसलाई ‘हिन्दी चीनी भाइभाइ’ भन्छ ।

नेपालप्रति भारतीय सहयोग सकारात्मक अनि स्वागतयोग्य भए पनि स्वार्थपूर्ण देखिन्छ । त्यो स्वार्थ व्यवहारिक रुपमा ‘दादागीरी’ को सकलसुरतमा अघि आउने गरेको छ । उदाहरणको लागि नेपालको ‘रेल वे सेवा’ । भारतकैं अगुवाईमा निर्माण सम्पन्न भएको रेल सेवा वर्षौ दिन बित्दा पनि सञ्चालन हुन सकेको छैन । रेल वे को लिक (ट्«याक) बनेर खिया लाग्न सुरु भएको छ । रेलको इन्जिन छोपेका त्रिपालहरु पनि धुजाधुजा भएर फाट्न सुरु भएका छन ।

यात्रु ओसारपसार गर्ने रेल यसबेला रेल यस्तो हुन्छ भनेर देखाउने ‘खुल्ला संग्राहलय’ जस्तै बनेको छ । यदी अझ ढिला गर्ने हो भने खुला शौचालयको रुपमा परिणत हुने दिन पनि टाढा छैनन भन्ने टिकाटिप्पणी सुरु हुन थालेका छन । यसले नेपाल सरकार रेल सेवा सञ्चालन गर्न असफल देखिएको छ । तर नेपालमा रेल नचल्नुको कारण यतिमात्र होइन भारतीय स्वार्थपूर्ण वैदेशिक नीतिको पनि उत्तिकै ठूलो हात छ । नेपालको रेल सेवाले भारतीय सीमा वारपार गर्ने वातावरणको प्रत्याभूति हुन सकेको छैन । बाहिर भन्दा ‘रेलको ड्राइभर’ नभेटेकोले चलाउन नसकेको हाँसो उठ्दो जवाफ सर्वसाधारणले पाउने गरेका छन ।

यसो हो भने रेल बेच्ने तर रेल कुदाउँन सक्ने क्षमता वा सीप नसिकाउने भारतीय व्यापार नीतिका कारण चल्ने नपाई नेपाली रेल ‘कवाडी’ हुने निश्चित छ । यस्तो क्षुद्र व्यापार नीति कैं कारण भारतीयहरु विश्वव्याापारमा चीनियाँ भन्दा पछि परेका हुन भन्न सकिन्छ । कसैलाई सहयोग (भिख) माग्दा भिख नदिने तर माछा मार्ने बल्छि र सीप दिने चीनियाँ उखानलाई व्यवहारिकरुपमा चीनियाँहरुले अवलम्वन गरेका छन ।

फलस्वरुप चीनियाँले नेपालले छालाजुत्ता, कागज, कपडा कारखानालगायतका धेरै उद्योगहरुको प्रविधि र सीपहरु नेपालीलाई उपलव्ध गराएको देखिन्छ । तर भारतले भने रेल बेच्छ तर चलाउने सीप सिकाउँदैन, दिदैंन । यही स्वार्थपूर्ण नीतिको हेपाईमा परेको नेपाली सदैव भारतप्रति सकारात्मक धारणा हुँदाहुँदै पनि सशंकित हुने गरेका छन । विश्वमहामारी कोभिड १९ विरुद्धको दस लाख खोपको पैसा अग्रिम एडभान्स लिएर पनि भारतले नेपाललाई खोप उपलव्ध गराएन ।

त्यस्तो संकटको बेला चीनियाँहरुले सित्तैमा कोभिड १९ विरुद्धको खोप उपलव्ध गराए । संकटको बेला मित्रको पहिचान हुन्छ भन्ने नेपाली मान्यताको कारणले होला चीनले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा नेपाली खुसी हुन्छ, भारतले ‘मैं हुँ कान्छी रेलको ड्राइभर’ दिक्क लाग्छ । र, भन्न मन लाग्छ, यो चीनले बनाएको हवाइ थलो चल्नेवाला छ । यो भारतले बनाएको रेल थलो पर्नेवाला छ ।

टिप्पणीहरू