तारा बरालहरु बार छिर्दै,सर्वोच्चमा सुरक्षाकर्मीको लर्को

तारा बरालहरु बार छिर्दै,सर्वोच्चमा सुरक्षाकर्मीको लर्को

अभियन्ता तारा बरालको समूहले देश बचाउन चाहनेहरुलाई अहिले साढे ९ बजेपछि सर्वोच्च अदालतसँगै रहेको नेपाल बार एसोसिएसनको परिसरमा छिर्न आह्वान गरेको छ । उनीहरुले सर्वोच्चका न्यायाधीशहरुलाई गम्भीर आरोप लगाउँदै प्रधानन्यायाधीशको बचाउमा आफ्ना समर्थकलाई सर्वोच्च बोलाएका हुन् ।

कानुनव्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणामाथि दुर्ब्यवहार गर्न खोजेको पूर्वसूचना पाउँदा पनि सरकारले सुरक्षामा चासो नदिएको भन्दै उनीहरुले राणाको बचाउमा समर्थकलाई अदालत परिसरमा उपस्थित भनेका हुन् ।

प्रधानन्यायाधीशमाथि दुर्ब्यवहार भएमा जनताको तर्फबाट उनीहरुलाई गोबर दल्ने चेतावनी दिएको सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले त्यहाँ सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको छ ।

टिप्पणीहरू