प्रधानन्यायाधीशको पक्ष र विपक्षमा घम्साघम्सी

प्रधानन्यायाधीशको पक्ष र विपक्षमा घम्साघम्सी

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज पनि पाखुरामा कालोपट्टी बाँध्ने कार्यक्रम राखेको छ । उसले बारका पदाधिकारी तथा कानुन व्यवासायीहरुलाई तिहार अघिदेखि राणाको बिरोधमा कालोपट्टी बाँधेर सर्वोच्च अदालतको परिसरमा उपस्थित हुन आग्रह गर्दै आएको छ ।

सोही क्रममा हिजो वकिलहरुको प्रहरीसँग घम्साघम्सी परेको थियो । प्रधानन्यायाधीश राणालाई अदालत प्रवेशको क्रममा अप्ठेरो पार्न खोजेपछि प्रहरी वकिलहरुमाथि जाइलागेको बताइन्छ । आन्दोलनरत कानुनव्यवसायीहरुले सर्वोच्चका अन्य न्यायाधीशहरुलाई भने इजलासमा नबस्न आग्रह गर्दै आएका छन् । आजको उनीहरुको कार्यक्रम साढे ९ बजेदेखि शुरु हुने बताइएकाे छ।

तर १०० ग्रुप समूहका बब्लु गुप्ताहरूले आज प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन गर्ने भएका छन् । नेपाल बारले गरेको आन्दोलनको बिरुद्धमा काउण्टर दिँदै उक्त ग्रुपले दिउँसो २ बजे माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्न लागेको हो । यसअघि पनि उहाँको समर्थनमा नाराबाजी र प्रदर्शन भएको छ । उनीहरुले सर्वोच्चका न्यायाधीशहरुले मुलुक, जनता र संविधानप्रति घात गर्दै इजलास बहिष्कार गरेको आरोप लगाउँदै आएका छन् ।

टिप्पणीहरू