तेलको भाउ बढाइएकोमा जताततै प्रदर्शन र मशाल जुलुस

तेलको भाउ बढाइएकोमा जताततै प्रदर्शन र मशाल जुलुस

आज राजधानीमा जताततै पेट्रोलियम पदार्थमा बढाइएको मूल्यको विरुद्धमा प्रदर्शन गर्न लागिएको छ । अहिले बिहान ९ बजे संयुक्त विद्यार्थी संगठनको आयोजनामा नेपाल आयल निगमका प्रमुखलाई कार्यलय प्रवेशमा रोक लगाउन घेराउ कार्यक्रम हुँदैछ । कार्यक्रम निगमको कार्यालय, बबरमहलमा हुँदैछ ।

एमाले निकट अनेरास्ववियुले महेन्द्र रत्न क्याम्पस तहाचलमा दिउँसो ४ बजे र अन्य सबै क्याम्पसमा बिहान १० बजे पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध प्रदर्शन कार्यक्रम राखेको छ ।

उता नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहले आज मूल्यवृद्धिको बिरोधमा प्रचार– प्रसार र साँझ मसाल जुलुस गर्दैछ । विप्लव समूहले मुलुकभर साँझ साढे ५ बजे मसाल जुलुस निकालिने जनाएको छ ।

टिप्पणीहरू