बाजेको सुन

अन्ततः ‘बाजेको सेकुवा’ पनि बन्द हुने भएछ । किनभने सरकारले आइन्दा बाजेको सेकुवा नाम राखेर पसल राख्न नपाइने निर्देशन दिएको छ । त्यसैले यो नामबाट अब सेकुवा बेच्न नपाइने भएको हो ।

त्यसो त ‘बाजेको सेकुवा’ ले बाहिर मात्रै सेकुवा बेच्ने रहेछ । भित्र– भित्र त सुन बेच्दो रहेछ । त्यसैले अब सेकुवाको साटो सुनै बेचे पनि कुनै फरक नपर्नु पर्ने हो । सुन बेचेपछि पसलको नाम हुनेछ ‘बाजेको सुन’ । ‘बाजेको सेकुवा’ अब ‘बाजेको सुन’ मा परिवर्तन भएको छ भनेर गोरखापत्रमा एउटा सूचना निकालेपछि कुरै खत्तम !

त्यसो त बाजेले सेकुवै पसल राख्नुपर्छ भन्ने पनि केही छैन । सुन र सुनसँग सम्बन्धित अरु पनि सामग्रीको पसल राख्न सकिन्छ । जस्तो कि बाजेको ज्वेलरी, बाजेको सुन भण्डार, बाजेको पेडा, बाजेको स्वर्ण भण्डार, बाजेको गहना पसल, बाजे डायमण्ड, बाजे डायमण्ड एण्ड ज्वलर्स, बाजे गोल्ड, गोल्डेन बाजे….अथवा यस्तै यस्तै । वास्तवमा बाजेको विशेषता सेकुवाभन्दा पनि सुनमा रहेको कुरा त थाहा भइहाल्यो । तर सेकुवाको ठाउँमा सुनकै कारोवार गर्दा कसो होला ?

टिप्पणीहरू