अन्तर्वार्ता

हेलो ! मन्त्रीज्यू हो ?
हजूर हो । तपाइँ को बोल्नुभयो ?
म पत्रकार ।
पत्रकार ? कहाँको पत्रकार ?
नेपालकै पत्रकार हुँ ।
ए…पत्रकार पो !
हजूर, मन्त्रीज्यू ।
ल ठीकै छ नि । भन्नोस् के छ ?
हजुरको एउटा अन्तर्वार्ता लिऊँ भनेर…
अन्तर्वार्ता ? अब हुन त हुन्छ…
हुन्छ ? म आऊँ त ?
अन्तर्वार्ता त हुन्छ । तर मेरो एउटा शर्त छ पत्रकारज्यू ।
के शर्त मन्त्रीज्यू ?
म अन्तर्वार्ता त दिन्छु तर तपाइँले प्रश्नचाहिँ सोध्न पाउनुहुन्न ।
प्रश्न सोध्न पाउँदिन ?
पाउनु हुन्न । तर अन्तर्वार्ता लिनचाहिँ पाइन्छ ।
हैन कस्तो कुरा गर्नुभएको मन्त्रीज्यू तपाइँले ? प्रश्नै नसोधीकन अन्तर्वार्ता कसरी लिने त ?
त्यो तपाइँ जान्नोस् । तपाइँ अन्तर्वार्ता लिन सक्नुहुन्छ तर अन्टसन्ट सोध्न सक्नुहुन्न ।
हैन मन्त्रीज्यू, लोकतन्त्रमा प्रश्न सोध्ने त नागरिकको अधिकार नै हो नि ! तपाइँले नागरिकको अधिकारै हनन गर्ने ?
हेर्नोस्, लोकतन्त्रमा प्रश्न सोध्ने मात्र होइन प्रश्न नसोध्ने अधिकार पनि हुन्छ । तपाइँ आप्mनो प्रश्न नसोध्ने अधिकार प्रयोग गर्नोस् । तपाइँको प्रश्न नसोध्ने अधिकारको म पूर्ण सम्मान गर्छु । के गर्नुहुन्छ तपाइँ ?
…..
हेलो ! हेलो पत्रकारज्यू !
…..
खोइ कता जानुभयो ? अन्तर्वार्ता लिने होइन ?
…. ।

टिप्पणीहरू