एकीकृत समाजवादीको काठमाडौंमा कार्य विभाजन

एकीकृत समाजवादीको काठमाडौंमा कार्य विभाजन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटीले कार्य विभाजन र जिम्मेवारी हेरफेर गरेको छ । आज राजधानीमा आयोजित बिस्तारित बैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा केन्द्रीय कमिटीको कार्यविभाजनको आधारमा जिम्मेवारी हेरफेर गरिएको हो । काठमाडौं जिल्लामा पार्टी सुदृढिकरण तथा विस्तार अभियानलाई सशक्त रुपमा अघि बढाउने निर्णय समेत गरिएको छ ।

बैठकले गरेको नयाँ कार्यविभाजनअनुसार जिल्ला कमिटी अध्यक्षमा कुसुमकुमार कार्की र उपाध्यक्षद्वयमा ओमकुमारी श्रेष्ठ,बटुकृष्ण थापा चयन हुनुभएको छ । त्यसैगरी सचिवमा एल.पी.श्रेष्ठ, उपसचिवत्रय कृष्णहरि खत्री, ध्रुवराज न्यौपाने र सुरेन्द्रहर्ष बज्राचार्य रहनुभएको २ सय २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

टिप्पणीहरू