इन्धनको भाउबृध्दिमा पान पराग र गुट्खाको जोक

इन्धनको भाउबृध्दिमा पान पराग र गुट्खाको जोक

नेपाल,भारतलगायत विश्वभर नै अहिले पेट्रोलियम पदार्थको मूल्य सर्वाधिक बिन्दूमा पुगेको छ । खुल्ला सिमानाका कारण तुलनात्मक रुपमा सस्तो भएकाले सीमा पारिकाले समेत नेपाल आएर सवारी साधनमा तेल हाल्ने गरेका छन् ।

पेट्रोलियम पदार्थको भाउ आकाशिएको बेला भारतमा सूर्तिजन्य वस्तुको मूल्य भने खासै बढेको पाईंदैन । त्यहाँका अधिकांश अम्मलीहरु १८ रुपैयाँमा ४ ग्राम र ६० रुपैयाँमा १७ ग्रामको रजनीगन्धा (पान पराग) तथा ६० रुपैयाँमा ४ देखि ५ ग्राम तौलको तुलसी नामक सूर्तिजन्य वस्तु मुखमा हालेर केही बेरपछि सडकमै थुक्ने गर्छन् ।

सात महिनामा आयल निगमले पेट्रोलियम पदार्थमा नौ पटक र एलपी ग्यासमा चार पटकसम्म मूल्यबृध्दि गरिसकेको छ । यो क्रम अब हरेक हप्ता बढ्दै जाने र पेट्रोलको मूल्य प्रतिलिटर डेढ सयसम्म पुग्ने अनुमान छ ।

पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण करोडौं भारतीय नागरिक आफ्नो दैनिकी चौपट भएकोमा निराश देखिन्छन् । त्यहि विषयतर्फ इंगित गर्दै भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘जुन देशमा सूर्तिजन्य वस्तुको मूल्य कम छ,त्यो देशमा पेट्रोलियम पदार्थको बढ्दो मूल्यको चर्चा गर्नु ठट्टा मात्र हुन्छ ।’

यता नेपालमा हेर्ने हो भने यो वर्षको पछिल्लो सात महिनामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा नौ पटक र एलपी ग्यासमा चार पटकसम्म मूल्यबृध्दि गरिसकेको छ । अस्ति मात्रै पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ भाउ बढेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ७५ रुपैयाँले उकालिएको छ । यो क्रम अब हरेक हप्ता बढ्दै जाने र पेट्रोलको मूल्य प्रतिलिटर डेढ सयसम्म पुग्ने अनुमान छ ।

टिप्पणीहरू