अन्तर्राष्ट्रिय सन्जालमा जोडिँदै राष्ट्रिय ध्वजावाहक

अन्तर्राष्ट्रिय सन्जालमा जोडिँदै राष्ट्रिय ध्वजावाहक

नेपाल वायुसेवा निगमले आफ्नो सेवा विस्तार र साख अभिबृध्दिको लागि थप कदम चालेको छ । निगमले विश्वका केही ख्यातिप्राप्त विमान कम्पनीहरुसँग द्विपक्षीय विशेष प्रोरेट सम्झौता (एसपीए) गरेको छ ।

यसबाट सम्बन्धित विमान सेवा कम्पनीका यात्रुलाई थप सेवा प्रदान गर्न सहज हुने बताइएको छ । थाइ एअरवेज,अल निप्पोन एअरवेज, कुवेत एअरवेज र इमिरेट्स एअरलाइन्सबीच भएको पछिल्लो सम्झौताले विशेषगरी नेपाल वायुसेवाको उडानबाट जापान, अष्ट्रेलिया,कोरिया,कुवेत, स्वीटजरल्याण्ड,बेलायत,जर्मनी, फ्रान्स र बहराइन जाने यात्रुलाई सहज हुने विश्वास लिइएको छ ।एसपीएबाट यात्रुलाई ट्रान्जिट कम हुने र निगमको आयआर्जनमा समेत टेवा पुग्ने निगमको दावी छ । उसले अमेरिकाका विभिन्न शहरमा जाने यात्रुहरुको निम्ति पनि यस्तै खालको सम्झौताको तयारी गरिएको समेत जनाएको छ ।

टिप्पणीहरू