दशैँ,तिहार,छठमा रमाउँदै अमेरिकी राजदूत

दशैँ,तिहार,छठमा रमाउँदै अमेरिकी राजदूत

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले हिजो साँझ अस्ताउँदो सूर्यको आरती गर्नुभएको छ । जनकपुरको दैनिक महागंगा आरतीमा सहभागी हुँदै उहाँले छठ पर्व मनाउनुभएको हो ।

अमेरिकी दूतावासले उपलब्ध गराएको फोटोमा राजदूत बेरीले फलफूलको टोकरी बोकेर सूर्यलाई चढाएको,हातमा बलेको दियो बोकेको देखिन्छ । उहाँले स्थानीयसँग छठ पर्वको अवलोकन गर्नुभएको समेत दूतावासले बताएको छ ।

उहाँले छठ पर्व मनाएका सबैलाई शुभकामना दिनुभएको छ । हिजो राजदूतसँगै युएसएआईडी नेपालकी निर्देशक केभान्साड पनि जनकपुर पुगेर छठको अवलोकन गर्नुभएको थियो । राजदूत बेरी यसअघि दशैँ,तिहारमा पनि यस्तै गरी नेपाली सँस्कृतिसङ्ग रमाउनुभएको थियो ।

टिप्पणीहरू