महंगीविरुध्द ६ विद्यार्थी संगठनको मोर्चा

महंगीविरुध्द ६ विद्यार्थी संगठनको मोर्चा

गएको मध्यरातदेखि बढाइएको इन्धनको मूल्यबृध्दि बिरुध्द छ वटा विद्यार्थी संगठनले संघर्ष गर्ने भएका छन् ।

नेपाल आयल निगमले दुई साता नपुग्दै इन्धनको मूल्य पुनः बढाएको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी,नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियु, जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंलगायत ६ वटा विद्यार्थी संगठनले सघर्ष गर्ने जनाएका हुन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल इन्धनमा बढाइएको मूल्य फिर्ता लिन आग्रह गरिएको छ । उनीहरुले सोसम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई ज्ञापनपत्र बुझाएका छन् ।

भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई कार्यालय प्रवेशमा निषेध तथा घेराउ गर्ने कार्यक्रम राखिएको छ । कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे रित्तो सिलिण्डर प्रदर्शन गर्ने,३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर झुण्डाएर बिरोध प्रदर्शन गर्ने तयारी छ ।

मंसिर २ गते माइतीघर मण्डलामा सडक बहस गर्ने भनिएको छ ।

टिप्पणीहरू