आज पनि ६ जना बिते, ३ सय बढीमा संक्रमण

आज पनि ६ जना बिते, ३ सय बढीमा संक्रमण

आज मुलुकभर तीन सय १७ जना कोरोना संक्रमित थपिएका छन् । दुई सय ७९ जना संक्रमणमुक्त भएका छन् । आजै छ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार छ सय नौ जनामा पीसीआर तथा तीन हजार ४४ जनामा एन्टिजेन गरी १२ हजार छ सय ५३ जनामा परीक्षण गरिँदा उक्त संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै सात हजार पाँच सय ३५ जना सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ६६ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत देखिएको छ ।

हाल काठमाडौंमा पाँच सय १० जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ९२ र ललितपुरमा चार सय ९७ जना संक्रमित छन् ।

टिप्पणीहरू