राणा बाहिर,अन्य श्रीमान भित्रै,अदालतमा उग्र नाराबाजी

राणा बाहिर,अन्य श्रीमान भित्रै,अदालतमा उग्र नाराबाजी

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा सर्वाेच्च अदालत परिसरबाट बाहिरिनु भएको छ । आजलाई उहाँले आफ्नो एकल इजलाशमा ६ वटासहित नौवटा इजलासलाई १७७ वटा मुद्दाको पेसी तोक्नुभएको थियो ।

उहाँले आफ्नै इजलाशमा तोकिएका मुध्दा सबै हेरेर बाहिरिनु भएको हो ।

उहाँको इजलाशमा जबरजस्ती करणी,कर्तव्य ज्यान र ज्यान मार्ने उध्योग,गोली प्रहार गरी ज्यान मार्ने उध्योग,कालोबजारी तथा केही अन्य सामाजिक अपराधसम्बन्धी कसूर लगायतका मुध्दाको पेशी चढेका थिए । यी मुध्दाको सुनुवाई सकेर केही बेरअघि रामशाहपथस्थित सर्वाेच्च अदालत परिसरबाट बाहिरिनु भएको हो ।

शान्तिपूर्ण आन्दोलन गर्दै आएका न्यायाधीश र कानुन व्यवसायीहरुमाथि प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई बिचौलियाको नाइके करार गरी भोलिदेखि अदालत प्रवेश गर्न नदिने घोषणा गरिसकेका छन् ।

सर्वाेच्चबाट बाहिरिनुअघि जबराले नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्नका लागि प्रहरीमार्फत खबर पठाउनुभएको थियो । श्रेष्ठले आफू एक्लै प्रधानन्यायाधीश राणासँग भेट नगर्ने जवाफ पठाउनु भएको थियो प्रहरीलाई ।

प्रहरी हस्तक्षेपपछि सर्वाेच्च परिसरमा प्रधानन्यायाधीश राणाविरुद्ध चर्को नाराबाजी भएको र चण्डेश्वर श्रेष्ठसहित पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने घोषणा भएको अवस्था छ ।

प्रधानन्यायाधीश बाहिरिए पनि न्यायाधीशहरु भने आन्तरिक छलफलमा जुटेका छन्  । राणा तीन बजे प्रदेश प्रमुखहरुको शपथका लागि शीतल निवास जानुभएको बुझिएको छ ।

टिप्पणीहरू