जेलभित्रै ज्यादति

नख्खु कारागारभित्रै ठगी धन्दा चल्ने गरेको छ । यस्तो काममा अपहरण मुद्दाका दोषी, सर्लाहीका सिर्जन यादव र बैंकिङ कसुरमा कैद सजाय भुक्तान गरिरहेका मनोज चौरसिया सक्रिय छन् ।

उनीहरुले चर्को व्याज दिने, घरपायक जेलमा सरुवा गराइदिने, विभिन्न तहका अदालतमा विचाराधीन मुद्दाहरु ‘सेटिङ’ गरेर छिटो छुटाइदिनेजस्ता नाममा रकम असुलीको धन्दा चलाएका छन् । अहिलेको सरकारका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई काका–बाउको साइनो लगाउने गरेका छन् । कारागारभित्र भएको भक्तबहादुर सुनार हत्याकाण्डमा दोषी करार भएका सिरियल किलर अभिषेक सिंह, चौकीदार बुद्ध गुरुङ, सशस्त्र प्रहरीको दक्षिणकाली गणबाट खटिएका सई तीर्थबहादुर थापाहरुसँग सिर्जन र मनोजहरुको मज्जैको मिलेमतो छ । अहिले बुद्धलाई हटाई नयाँ चौकीदार ल्याउने योजना कारागार प्रशासनले बनाएको छ । तर, बुद्धलाई नै चौकीदार कायम गर्न उनीहरु जोडतोडले लागेका छन् ।

– कारागारका कैदी, बन्दीहरु, नख्खु

टिप्पणीहरू