एकीकृत समाजवादीको दार्चुला जिल्ला कमिटीमा को को ?

एकीकृत समाजवादीको दार्चुला जिल्ला कमिटीमा को को ?

नेकपा एकीकृत समाजवादीको दार्चुला जिल्ला कमिटी घोषणा गरिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा गोकुलेश्वर बजारमा आयोजित कार्यक्रममा जिल्ला कमिटी घोषणा गरिएको हो ।

पुराना कम्युनिष्ट नेता वीरबहादुर ठगुन्नाको अध्यक्षतामा ५१ सदस्यीय कमिटी घोषणा गरिएको छ । उपाध्यक्षमा रुम्मती जागरी,राधिका अवस्थी र किशनसिंह धामी चुनिनुभएको छ । धामी पूर्वनेता स्वर्गीय प्रेमसिंह धामी स्मृति प्रतिष्ठानका अध्यक्षसमेत हुनुहुन्छ ।

कमिटीको सचिवमा जनकसिंह डागा र उपसचिवमा गंगादत्त जोशी, विष्णुराज हुम्ली,यमुना जोशी र वासुदेव जोशी रहनुभएको छ ।

टिप्पणीहरू