रातो भालेमा जुवाको खाल, ५८ हजार बरामद

रातो भालेमा जुवाको खाल, ५८ हजार बरामद

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा जुवाको खाल जमाएका ६ जना पक्राउ परेका छन् भने उनीहरुबाट ५८ हजार सात सय १० रुपैयाँ समेत बरामद गरिएको छ ।

लिखु गाउँपालिका–४ का ४४ वर्षीय राम शाहको रातो भाले होटल एण्ड लजको दोस्रो तलाको कोठामा तास खेलिरहेको अवस्थामा शाहसमेत ६ जनालाई राति प्रहरीले पक्राउ गरेको हो ।

एक बुक तास समेत पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू