पशुपतिबाट काशीसम्म मोटरसाइकल सरर

पशुपतिबाट काशीसम्म मोटरसाइकल सरर

काठमाडौंको पशुपतिनाथ मन्दिरदेखि भारतको काशी विश्वनाथसम्म मोटरसाइकल र्यालीको आयोजना गरिएको छ । र्याली अहिले बिहान साढे ८ बजे पशुपतिको दक्षिणद्वार नजिकैको हंस मण्डपबाट शुरु हुँदैछ ।

काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा हुन लागेको उक्त र्याली भारतको उत्तरप्रदेशस्थित काशीको विश्वनाथमा गएर टुंगिने छ ।

भारत स्वतन्त्रताको ७५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त र्यालीलाई अमृत महोत्सव मोटरसाइकल र्याली नाम दिइएको छ । अब हिँड्ने टोली आगामी शनिबार काशी पुग्नेछ । तर, टोलीले आगामी मंगलबारसम्म भारतका विभिन्न भागको समेत भ्रमण गर्ने बताइएको छ ।

दूतावासका अनुसार झण्डै ५० जनाले मोटरसाइकल र्यालीमा सहभागिता जनाउँदै छन् । काठमाडौंबाट पशुपतिनाथका मूल भट्ट र भारतीय राजदूतले बिदाई गर्ने टोलीलाई उत्तर प्रदेशका मुख्यमन्त्रीले शनिबार स्वागत गर्नेछन् ।

टोलीले भारत स्वतन्त्रतासँग सम्बन्धित बिहारको मोतिहारी र सारनाथको समेत भ्रमण गर्ने जनाइएको छ ।

टिप्पणीहरू