ओली झन्डै हार्माेनियम बजाउन बसेका

गणतन्त्र दिवसका दिन भनिएको कार्यक्रम राजदरबार हत्याकाण्डका दिन स¥यो । सांस्कृतिक संस्थान, कामपा, सार्थक जनसांगीतिक प्रतिष्ठान, नेकपा काठमाडौं, नेपाल पर्यटन बोर्ड, रेडियो नेपाल, नेपाल टेलिभिजन र जनता टेलिभिजनको सहयोगमा आयोजित युगीन आवाज कार्यक्रम अपराह्न ३ बजे भनिएकामा साढे ३ बल्ल शुरु भयो । नाचघरमा ‘खतरा आर्केष्टा’माझ झुल्किए उनी । गाउँ र शहरका गल्ली, चोक र स्कुल, क्याम्पसमा हुरुर्र भेला भई गीत गाएका उनका लागि मञ्च भव्य नै थियो सांगीतिक समूहले भरिपूर्ण । केही पुरुष र महिला गायक÷गायिका थिए उनलार्ई साथ दिने । जनतालार्ई जोशिलो अभिवादन गर्दै पहिले नेपालको पहिलो राष्ट्रगान गाए हिमगिरि मण्डित सिद्धिचरण श्रेष्ठको रचनामा । एवं रीतले गाउँदै गर्दा कोही ताली बजाउन लागे, कोही नाच्न पनि लागे ।

सात सय क्षमताको नाचघरमा मान्छेको ओइरो थियो । कोही सिँढीमै बस्न लागे । बरु माननीयहरूलार्ई राखिएको सिट खाली नै थियो । उपप्रम ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृतिमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पूर्व प्रम झलनाथ खनाल, कामपा प्रमुख विद्यासुन्दर शाक्यलगायत आइसकेका थिए । कायक्रम आफ्नै ढंगले चल्दै गयो । बीचमा एक पल्ट रामकृष्ण दुवाललार्ई बोलाएका थिए रामेशले तर मञ्जुलको नामचाहिँ लिएनन् । प्रधानमन्त्री बल्ल ५.२७ बजे झुल्किए । रामेशलार्ई हामीले हृदयदेखि नै माया गर्ने सम्मानका पात्र भनी उनले कुरो शुरु गरे । उनले भने, जेलजीवनका कठोर दिनहरूमा बाँच्ने आशा थियो, हामी जित्नेछौँ (वि स्याल ओभरकम) भन्ने गीत । त्यतिबेला मैले पनि गीत गाएँ भनेपछि कुरो बुझौँ न (उनले भने । मञ्जुल, रायन, जेबी टुहुरे, लव प्रधान, गोकुल जोशी, गोपालप्रसाद रिमाललार्ई सम्झे । आफ्नै जीवनमा जितेकामा राल्फा परिवारलार्ई बधाई दिए र भने, तर अब स्वस्थानी कथामा जस्तो महादेवले झुप्रामा लात्ताले हान्दैमा महल एकैचोटि खडाचाहिँ हुँदैन । अब कोही भोकै मर्दैन, कोही जाडाले मर्दैन । अझ ठूल्ठूला गुन लगाउनुस्, गाउँ गाउँबाट उठ–२, ३ रचना गर्नाेस् । अनि गीत गाए–

रामेश, रायन, मञ्जुल कला लिएर उठ
गला लिएर उठ
अब देश नयाँ चरणमा उठ्यो
देश बनाउन उठ
स्वस्थ्य भएर उठ
सशक्त भएर उठ ।

त्यसअघि घरमा हार्माेनियम, मादल र तबला राखेका ओलीले गाइसकेका थिए-
अँध्यारोमा पनि वीर बाटो भुल्दैन
खडेरीमा पनि फूल फुल्न भुल्दैन ।

ओलीपछि पुनः मञ्च पाएका रामेशले अघिल्लो पालि प्रधानमन्त्रीबाट हटेपछि ओलीले पुराना कम्युनिष्ट नेता डिपी अधिकारी र श्रीमती अधिकारीकी पत्नीसामु भनेका रहेछन्– अब राजनीति गर्दिन, हार्माेनियम बजाएर बस्छु । अधिकारीपत्नीले भनेकी रहिछन्, तपार्ईंँले अब फेरि जनताको मन जित्न देश उठाउन र समृद्ध पार्न अर्काे १० वर्ष राजनीति गर्नुपर्छ, हार्माेनियम बजाउन पाउनुहुन्न, देश समृद्ध भएपछि हामी आफैँ मुरली र हार्माेनियम लिएर आऔँला । कलाप्रेमी ओलीलार्ई रामेशले आफ्ना केही सिडी पनि दिए । रामेश, मञ्जुल र रायनले चाहिँ सांसद हुन पाउने हुन् कि होइनन्, हेर्नु छ ।

टिप्पणीहरू