मध्यरातबाट पेट्रोलियमको भाउ बढ्ने

मध्यरातबाट पेट्रोलियमको भाउ बढ्ने

आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढ्ने भएको छ । कात्तिक १५ गते बढाइएको इन्धनको भाउमा आज रातिदेखि फेरी थपिने भएको हो ।

आज रातिदेखि नेपाल आयल निगमले काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६, डिजेल र मट्टितेल १ सय १९, आन्तरिक उडानको हवाइ इन्धन प्रतिलिटर १ सय १, अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धन ८ सय ९५ प्रति किलोलिटर र खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १ हजार ५ सय ७५ हुने तोकेको छ ।

यसअघि कात्तिक १५ गते बढाइएको भाउमा आजदेखि क्रमशः पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर ७५ रुपैयाँले महँगो भएको छ ।

निगमले अझै पनि सबै पेट्रोलियम पदार्थमा घाटा व्यहोर्नु परेको र भारतीय सीमा बजारको भन्दा नेपालभित्र इन्धन सस्तो रहेको आज साँझ प्रकाशित विज्ञप्तिमा उल्लेख गरेको छ ।

टिप्पणीहरू