‘बसाइँ’ उपन्यासका लेखक क्षेत्री भारतमा सम्मानित

‘बसाइँ’ उपन्यासका लेखक क्षेत्री भारतमा सम्मानित

चर्चित नेपाली उपन्यास ‘बसाइँ’ का लेखक लिलबहादुर क्षेत्री भारतको प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन् । सोमबार साँझ राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट उनलाई सम्मान गरेका हुन् ।

भादगाउँले टोपी लगाएर समारोहमा पुगेका साहित्यकार क्षेत्रीलाई एक सैनिक अधिकारीले डोहोर्याएर राष्ट्रपति कोविन्दसम्म पुर्याएका थिए ।

क्षेत्रीलाई नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको बताइएको छ । उनी साहित्य तथा शिक्षा विधामा पद्मश्री पुरस्कारका लागि उनी छनोटमा परेका थिए । पद्मश्री भारत सरकारले दिने दोस्रो ठूलो पुरस्कार हो ।

भारतको असम राज्यको गुवाहाटीमा बस्दै आएका क्षेत्री नेपालीभाषी साहित्यकार हुन् । उनको बसाइँ उपन्यास विभिन्न देशका पाठ्यक्रममासमेत समावेश छ ।

टिप्पणीहरू