आइतबारदेखि अमेरिकी फाइजर खोप लगाइने

आइतबारदेखि अमेरिकी फाइजर खोप लगाइने

सरकारले आगामी आइतबारदेखि मंसिर ४ गतेसम्म अमेरिकी फाइजर कम्पनीको खोप लगाउने भएको छ । अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत प्राप्त भएको एक लाख मात्रा फाइजर खोप लगाउने अभियान शुरु गर्न लागिएको हो ।

उक्त खोप देशभरका २९ वटा अस्पतालमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउन काठमाडौं उपत्यकामा ८ र उपत्यका बाहिरका १६ वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।

मन्त्रालयका अनुसार १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र यो खोप दिइने छ । लामो समयदेखि मुटुको अपरेशन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी खोपको प्राथमिकतामा पर्ने छन् ।

काठमाडौंको वीर अस्पताल, निजामती सेवा अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, मेची अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुर अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।

यस्तै, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताल, कोशी अस्पताल, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, धुलिखेल अस्पताल, धवलागिरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल र सेती अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

टिप्पणीहरू