खाएको त हुँदै होइन

वैशाख २६ गतेको जनआस्था साप्ताहिकको पाठकपत्रमा राजधानीको मुटुमै बूढाबूढीको रोदन शीर्षक समाचारमा लेखिएजस्तो यस सहकारीले कृष्णभाइ तण्डुकारको पैसा रोकेको छैन । उहाँकै घरमा रहेको यस सहकारीमा उहाँले ०७१पुस १६ मा १० लाख रुपैयाँ तीन वर्षका लागि राख्नुभएकोमा हो । पैसा राख्दा फाराम उहाँले आफ्नै निवासमा लैजानुभयो र भरेर पैसासहित पठाइदिनुभयो ।

तीन वर्षका लागि राखिएको पैसाको समयावधि पुगेपछि उहाँ पैसा झिक्न आउनुभयो । हामीले दिनै लाग्दा उहाँको छोरा पैसा अहिले नदिनुस्, यो बाको मात्र नभएर हामी सबैको हो, उहाँ एक्लैलाई दिँदा हामीमाथि अन्याय हुन्छ भन्दै पैसा राख्दाको हस्ताक्षर हेरेर मात्र दिनु भन्दै आउनुभयो । उहाँले पैसा राख्दाको हस्ताक्षर मिलेन भने तपाईंहरू फस्नुहुन्छ, त्यो हस्ताक्षर मेरो हो, बाको हस्ताक्षर अर्कै छ भनेपछि हामीले हेर्दा पनि हस्ताक्षर मिलेन । त्यसपछि हामीले १० लाख रुपैयाँ दिन चाहेर पनि सकेनौं । पछि थाहा भयो फाराममा परिवार मिलेका बेला बाको नाममा छोराले सही गरेर पैसा राखिएको रहेछ । पहिलेकै हस्ताक्षरमा निवेदनसहित पैसा नदिनु भनेर छोरा आएपछि कानुनी रूपले पनि हस्ताक्षर नमिली दिन नमिल्ने भएकाले हामीले बाबुछोरा मिलेर आउनुस् भन्यौं । त्यसपछि सहकारीविरुद्ध कृष्णभाई तण्डुकार प्रहरी, सहकारी विभाग, सिडिओ कार्यालयमा उजुरी लिएर जानुभयो । हामीले सबै कागतपत्रसहित उपस्थित भएर सबैतिर कुरा राख्यौं । सहकारीले बाबुछोरा दुवैलाई सँगै राखी सहमति गराएर पैसा दिने वातावरण बनाएपछि हामीले कृष्णभाई तण्डुकारलाई पैसा दिन चाह्यांै ।

०७४ चैत ७ मा सहकारीले मेगा बंैकको चेक नम्बर ००२०२९२८२४ बाट १० लाख ४३ हजार ०६५ रुपैयाँ भुक्तानी दिन लाग्दा उहाँले लिन मान्नुभएन । हामीले पैसा दिन खोजेको तर उहाँल नलिएको कुरा पत्र लेखेर सिडिओ कार्यालय, सहकारी विभाग र डिभिजन सहकारी कार्यालय काठमाडांै, २२ वडा कार्यालय न्युरोड, जनसेवा प्रहरी वृत्त विशालबजार, काठमाडौं प्रहरी परिसर टेकुलाई पनि जानकारी दिएका छौं ।
सहकारीले ६ लाख खाइदिएको कुरा पनि झुटा छ । विजेश्वरी तण्डुकारले ०७४/१०/१० मा १० लाख रुपैयाँ यस सहकारीमा १ वर्षका लागि राख्नुभयो । उहाँले १ वर्षका लागि राख्दा १७ प्रतिशत व्याजमा चाहिन्छ भन्नुभएको र सहकारीले पनि स्वीकारेको हो । उहाँले मलाई अहिले नै १ वर्षको व्याज चाहिन्छ भन्नुभएपछि उहाँकै घरमा बसेकाले हामीले पैसा राख्दा नै एक वर्षको ब्याज अग्रिम दिएका कुराका साक्षी कागजपत्र छन् । एक वर्षबापतको ब्याज १,६१,५०० (एक लाख एकसठी हजार पाँच सय) १० गते नै लैजानुभयो । तर, उहाँ ०७४/११/२३ मा मलाई पैसा चाहियो तुरुन्त दिनुस् भन्दै आउनुभयो । हामीले १ वर्षसम्म राखेको पैसा झिक्न मिल्दैन, झिक्ने नै भए अग्रिम लिएको ब्याज कटाएर र ३ प्रतिशत शुल्क कटाएर मात्र दिन सकिन्छ भन्यौं । उहाँले हुन्छ भन्नुभयो र १ वर्षको दिइसकेको ब्याजको रकम  १६१५०० (एक लाख एक सठी हजार पाँच सय)  ३ प्रतिशत रकम कटाएर रु ८०८५०० लिएर जानुभयो ।

यसअघि २०७४÷३÷१४ मा पनि विजेश्वरी तण्डुकारले १७ लाख रुपैयाँ ५ वर्षका लागि २० प्रतिशत ब्याजमा राख्छु भन्नुभयो । त्यतिबेला पनि उहाँले एक वर्षको अग्रिम ब्याज चाहिन्छ भनेपछि सहकारीले ३ लाख २३ हजार १७ लाख राखेकै दिन दिएर बाँकी मात्र १७ लाखकै हिसाबमा राखेको थियो । तर, विजेश्री तण्डुकार ०७४÷११÷२३ मा नै मलाई पैसा चाहियो भन्दै आउनुभयो । हामीले उहाँलाई सबै प्रक्रिया र नियम बताएर ३ प्रतिशत शुल्क कटाउनुपर्छ र तपाईंले एक वर्षको अग्रिम लगिसकेको रकम पनि कटाएर लिनुपर्छ भन्यौं । उहाँले हुन्छ भनेपछि १७ लाखमध्ये एक वर्षको ब्याज भनी दिइएको ३ लाख २३ हजार, ३ प्रतिशत र अरु शुल्क कटाएर जम्मा रु. १३२६००० (तेह्र लाख २६ हजार) सहकारीले बुझाउको हो । यसका सबै कागजपत्र सहकारीमा सुरक्षित छन् । तर, उहाँहरू अहिले सहकारीले पैसा खायो भन्दै नभएको आरोप लगाएर प्रहरी, सिडिओ कार्यालय, सहकारी विभाग, अख्तियार धाइरहनुभएको छ । हामीले बद्मासी गरेका छैनौं ।

जनम लामा, अध्यक्ष, ब्रिटिस गोर्खाली सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि.

टिप्पणीहरू