प्रधानमन्त्री देउवाको जिल्लाका नेताहरुले एमाले छाडे

प्रधानमन्त्री देउवाको जिल्लाका नेताहरुले एमाले छाडे

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको एमाले जिल्ला अध्यक्ष र सचिवसहितको टिम नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा आयोजित कार्यक्रमबीच उहाँहरुले एमाले छाड्नुभएको हो । डडेलधुरामा डा. तारा जोशीको नेतृत्वमा एमाले जिल्ला कमिटीका अधिकांश सदस्य एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेशका धेरै वटा जिल्लामा विभिन्न पार्टीका धेरै जना नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएर नेपाल आजै साँझ राजधानी फर्कन लाग्नुभएको छ । यहि क्रममा उहाँ अहिले बाँकेका कार्यकर्तासङ्ग भेटघाटमा व्यस्त हुनुहुन्छ ।डडेलधुरामा भएको पार्टी प्रवेश तथा कार्यकर्ता भेलालाई अध्यक्ष नेपाल,छिमेकी जिल्ला डोटीबाट पर्यटनमन्त्री प्रेम आले,भानुभक्त जोशी,गरिमा शाहलगायतले सम्बोधन गर्नुभएको छ । डडेलधुरालगत्तै उहाँहरुले दार्चुलाको गोकुलेश्वरमा आयोजित जिल्ला कमिटीको घोषणा र शपथ ग्रहण कार्यक्रममा समेत उपस्थिति जनाउनुभएको छ ।दार्चुलामा वीरबहादुर ठगुन्नाको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । डडेलधुरा,दार्चुला र बाँकेमा आयोजित कार्यक्रममा ठूलो संख्यामा नेता,कार्यकर्ता र सर्वसाधारणको उपस्थिति देखिएको त्यहाँबाट प्राप्त समाचारमा उल्लेख छ ।

टिप्पणीहरू