जीवन मरणसँग जोडिएको औषधिमा खेलबाड

जीवन मरणसँग जोडिएको औषधिमा खेलबाड

औषधि व्यवस्था विभागले लापरबाही गरेका १९ वटा औषधि पसललाई निलम्बन गरेको छ । विभागले चालु आर्थिक वर्षको असोजसम्म निलम्बनको कारबाहीमा परेका १९ वटा औषधि पसलको नाम सार्वजनिक गरेको छ ।

विभागले मापदण्डविपरीत सञ्चालन गरिएका काठमाडौँका १९ वटा औषधि पसललाई निलम्बन गरेको हो । औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ ‘क’ बमोजिम ती पसललाई ४ देखि १५ दिनसम्म निलम्बन गरिएको छ ।

मानिसको जीवन मरणसँग जोडिएको औषधि बेचबिखनमा हेलचेक्र्याईं गरेका कारण उनीहरुको कारोबार निलम्बन गरिएको बताइएको छ । त्यसरी निलम्बन परेकामा गान्धी मनोहरा कम्युनिटी हेल्थ सेन्टर, नन्दकृष्ण फार्मेसी, मेडस्टार सेन्टर प्रा.लि., मिली मेडिकल हल एण्ड डाईग्नोष्टिक सेन्टर, लुक्सी भेट फर्मा छन् ।

निकम मेडिकल हल, मेडिगोल्ड फार्मेसी, एटोर्मा फार्मेसी, झोराली फार्मेसी, टोखा इमर्जेन्सी मेडिकल हल, विरसना गोर्खाली मेडिकल हल, सपनतीर्थ फार्मेसी, प्राकृतिक बाईपास फार्मेसी, कालिका फार्मेसी, सार्थक फार्मेसी, सुवेदी फार्मेसी, अनमोल फार्मेसी, सिद्धी फार्मेसी र खरिपाटी फार्मेसीलाई पनि विभागले कारबाही गरेको छ ।

टिप्पणीहरू