चालकले मापसे गर्दा बस नारायणगढ बजारमै पल्टियो

चालकले मापसे गर्दा बस नारायणगढ बजारमै पल्टियो

बाँकेको कोहलपुरबाट चितवनको सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउमा पल्टेको छ । बाँकेबाट सौराहा घुम्न आएका यात्रु बोकेको भे. २ ख २८३६ नम्बरको रिजर्भ बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको व्यस्तबजार लायन्स चोकमा दुर्घटनामा परेको हो ।

चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय,चितवनले जनाएको छ । चालक रमेशकुमार कर्णले मापसे गरेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ ।

अहिले बसका चालकलाई मापसे परीक्षणको लागि अस्पताल लगिएको छ ।

टिप्पणीहरू