दिल्ली पुगेदेखि नै प्रधानसेनापतिको ब्यस्तता शुरु

दिल्ली पुगेदेखि नै प्रधानसेनापतिको ब्यस्तता शुरु

प्रधानसेनापति प्रभुराम शर्मा आजदेखि भारतको चार दिने भ्रमणमा नयाँ दिल्ली पुग्नुभएको छ । बिहान नयाँ दिल्ली पुगेपछि उहाँले आजै स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेसँग भेटघाट र छलफल गर्नुभएको छ । त्यस क्रममा शर्मालाई भारतीय सुरक्षाबारेको प्रस्तुतिसमेत सुनाउने र देखाउने काम भएको छ ।

त्यसअघि उहाँले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण गर्नु भएको नेपाली सेनाले जनाएको छ । त्यसै गरी उहाँको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ । शर्माले भोलि रास्ट्रपति रामनाथ कोविन्दको हातबाट उताको सेनाको मानार्थ सेनापतिको उपाधी ग्रहण गर्ने,जल,थल र वायुसेना प्रमुखसहित त्यहाँका चिफ अफ डिफेन्स स्टाफ (पूर्व सेनाध्यक्ष) बिपिन रावत,सुरक्षा सल्लाहकार अजित डोभाल,रक्षा मन्त्री राजनाथ सिंह,बिदेश मन्त्री एस जयशंकर र सम्भवत: प्रधानमन्त्री नरेन्द्र मोदीसङ्ग पनि भोलि या पर्सि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।शर्मा आजै बिहान काठमाडौंबाट नयाँ दिल्ली जानुभएको हो । उहाँलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गर्नुभएको हो ।
शर्मालाई हिजो जंगी अड्डामा नेपालका लागि भारतीय राजदूत महामहिम विनयमोहन क्वात्रा र अन्य मित्रराष्ट्रका सैनिक सहचारीहरुले औपचारिक बिदाइ गर्नुभएको थियो ।

टिप्पणीहरू