बेमौसमी वर्षा पीडित किसानहरुले राहत पाउने

बेमौसमी वर्षा पीडित किसानहरुले राहत पाउने

नेपाल सरकारले बेमौसमी वर्षाको कारण क्षति व्यहोर्न बाध्य किसानहरुलाई राहत दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्री परिषदको बैठकले यो निर्णय गरेको हो ।

बैठकले कार्त्तिकको दोस्रो साता बेमौसमी वर्षाको कारण धानबालीमा क्षति बेहोर्ने किसानलाई राहत दिने भएको हो । सरकारले राहत उपलव्ध गराउने कार्यदल बनाएको थियो ।

सो कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेपछि किसानहरुले राहत पाउने ग्यारेन्टी भएको हो । सो वर्षाका कारण प्रदेश नम्वर १ र २ ऽ वागमती प्रदेशका किसानहरुको धानबालीलाई क्षति पुगेको थियो ।

टिप्पणीहरू