खोप लगाएर हैजा नियन्त्रण गरिने

खोप लगाएर हैजा नियन्त्रण गरिने

कपिलवस्तु जिल्लामा गत असोज १८ गतेदेखि फैलिएको हैजा र झाडावान्ता अझै पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । हालसम्म हैजाबाट १ हजार ३ सय ३६ जना संक्रमित भएका छन् । त्यसैगरी १ हजार ३ सय २९ जना निको भएका छन् । हैजाबाट हालसम्म ६ जनाको मृत्यु भएको छ ।

हैजा नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हैजाविरुद्धको खोप ल्याउने निष्कर्षमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले साढे दुई लाख मात्रा खोप दिने सहमति जनाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

खोप प्राप्त हुने बितिक्कै हैजाबाट प्रभावित स्थानीय नागरिकलाई लगाइने छ । खोपसँगै सरसफाइमा पनि विशेष ध्यान दिन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

टिप्पणीहरू