राष्ट्रसंघीय सुरक्षा परिषद्मा इराकी प्रधानमन्त्रीको चर्चा

राष्ट्रसंघीय सुरक्षा परिषद्मा इराकी प्रधानमन्त्रीको चर्चा

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले इराकी प्रधानमन्त्रीको हत्या प्रयासको निन्दा गरेको छ । परिषद्ले इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीको हत्या प्रयासको कडा शब्दमा निन्दा गरेको हो ।

आइतबार इराकी प्रधानमन्त्री कादिमीको निवासमा ड्रोन हमला भएको थियो । प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ ।

आक्रमणमा प्रधानमन्त्रीलाई कुनै चोटपटक नलागेकोमा सन्तोष व्यक्त गर्दै परिषद्का सदस्यहरुले भनेका छन्,‘इराकको स्वतन्त्रता, सार्वभौमसत्ता, एकता, क्षेत्रीय अखण्डता, लोकतान्त्रिक प्रक्रिया र समृद्धिमा हाम्रो समर्थन छ ।’

उनीहरूले आतंकवादी गतिबिधिहरूबाट उत्पन्न हुने अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका खतराहरूबिरुद्ध लड्न सबै राष्ट्रलाई आह्वान समेत गरेका छन् ।

फोटो/समाचार : सिन्ह्वा

टिप्पणीहरू