महाधिवेशनमा खुल्लमखुल्ला भिड्ने हो : रामचन्द्र पौडेल

महाधिवेशनमा खुल्लमखुल्ला भिड्ने हो : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनै पनि हस्तक्षेप नगर्ने बताउनुभएको छ ।

पौडेलले सरकार जनता र संसदप्रति उत्तरादायी निर्वाचित संस्था भएकाले समन्वय समितिले सरकारको कुनै पनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको हो । वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित तुल्याउन समन्वय समिति बनाइएको उहाँको दाबी छ ।

पाँच दलीय गठबन्धन समन्वय समितिको संयोजकमा आफू रहेपनि नेपाली काँग्रेसभित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाईं भने कायम रहने पौडेलको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा जहाँको त्यहीँ छ । त्यसैले आगामी महाधिवेशनमा खुल्लमखुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा गरिने छ ।’

टिप्पणीहरू