मिठाई पसलभित्रका नमिठा कुरा

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भक्तपुर र ललितपुरका तीन वटा मिठाई पसल र तीन वटा फलफूल पसललाई कारबाही गरेको छ । अनुगमनको क्रममा पसलमा मापदण्डविपरित कार्य गरेको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ ।
कारबाहीमा परेका पसलहरुमा भक्तपुरको मध्यपुर थिमि ४ मा रहेको धनुषा एण्ड धनुषा मिठाई पसल, स्थानीय शंखधर मिठाई पसल र गुप्ता एण्ड स्वीट हाउस, मध्यपुर थिमि ३ मा रहेको माँ लक्ष्मी फ्रुट सेन्टर, ललितपुर महानगरपालिका–१३ मा रहेको माँ वैष्णुदेवी फ्रुटजुस सेन्टर र ललितपुर महानगरपालिका ४ मा रहेको निशा फ्रुट शप हुन् ।

विभागका शाखा अधिकृत धनेश्वर पौडेलका अनुसार सरसफाइमा ध्यान नदिइएको, मूल्य सूची नराखेकोलगायतका कसुरमा ती पसललाई न्यूनतम पाँच हजार रुपैयाँको दरले जरिवाना गरिएको हो ।

सबैभन्दा ठूलो चाड दशैं र तिहार भर्खरै सकिएको छ । तिहारमा सबैभन्दा धेरै मिठाई र फलफूलको बिक्री हुन्छ । तर सरकारी निकायले चाडबाड सकिएपछि फलफूल र मिठाई पसलको गुणस्तर मूल्यको अनुगमन गरेको छ । चाडबाड अगावै र चाडबाडमा गर्नुपर्ने कार्य पछि गर्नुलाई सर्वसाधारणले समेत अचम्म मानेका छन् ।

टिप्पणीहरू