कोरोनाबाट आज १ जनाको ज्यान गयो, ५ सय बढी संक्रमित

कोरोनाबाट आज १ जनाको ज्यान गयो, ५ सय बढी संक्रमित

आज मुलुकभर पाँच सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । चार सय ८४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज एक जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय १८ जनामा पीसीआर तथा एक हजार ८ सय १८ जनामा एन्टिजेन गरी १६ हजार ७ सय ३६ जनामा परीक्षण गरिँदा उक्त संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै ७ हजार ६ सय १२ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५४ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत देखिएको छ ।

हाल काठमाडौंमा पाँच सय आठ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ९१ र ललितपुरमा पाँच सय १० जना संक्रमित छन् ।

टिप्पणीहरू