मेडिकल काउन्सिलले डाक्टरको खोजी गर्न थाल्यो

मेडिकल काउन्सिलले डाक्टरको खोजी गर्न थाल्यो

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको दर्ता अभिलेख अध्यावधिक गर्न र आफ्नो पछिल्लो विवरण काउन्सिललाई उपलब्ध गराउन सबै डाक्टरहरुलाई भनेको छ ।

काउन्सिलले एक महिनाको अवधी तोक्दै तोकेको समयमा विवरण उपलब्ध गराइदिन सबै चिकित्सकहरुलाई आग्रह गरेको हो । काउन्सिलमा ३० हजार चिकित्सकको नाम दर्ता छ ।तर तीमध्ये अधिकांश चिकित्सक कहाँ र कुन पदमा कार्यरत छन् भन्ने जानकारी छैन । त्यसैले दर्ता विवरण उपलब्ध गराइदिन आग्रह गरिएको काउन्सिलले भनेको छ ।

काउन्सिलबाट दर्तावाल चिकित्सकको विवरण अध्यावधिक गर्दा एक पटक प्रदान गरिएको दर्ता नम्बर अर्कोलाई नदिइने र मृत्युपर्यन्त कायम रहने जनाइएको छ ।

तर, मृत्यु भएकाहरुको दर्ता नम्बर सक्रिय चिकित्सकको सूचीबाट हटाई छुटै पोर्टलमा राखिएको काउन्सिलले थप स्पष्ट पारेको छ ।

टिप्पणीहरू