घण्टाघर नजिकै स्रोत नखुलेको २० लाख रपैयाँ

घण्टाघर नजिकै स्रोत नखुलेको २० लाख रपैयाँ

वीरगञ्जमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–८, घण्टाघर नजिकै स्रोत नखुलेको २० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई समातेको हो ।

पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–५, नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह हुन् । साह ना.४८ प ७६९१ नम्बरको मोटरसाइकल चढेर घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

उनीविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

टिप्पणीहरू