किन जानुभयो गृहमन्त्री २ नम्बर प्रदेश ?

किन जानुभयो गृहमन्त्री २ नम्बर प्रदेश ?

गृहमन्त्री बालकृष्ण खाँण हिजो प्रदेश नम्बर २ को राजधानी जनकपुर पुग्नुभयो । उहाँ त्यहाँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्न जानुभएको हो ।

मन्त्री खाँणको प्रमुख आतिथ्यमा भएको गोष्ठी हिजै सम्पन्न भएको छ । गोष्ठी गृह मन्त्रालय र २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भएको हो ।

गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्रीले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि जोखिमको परवाह नगरी सुरक्षा निकायले गरेको कामको प्रशंसा गर्नुभएको छ ।

उहाँले अपराध नियन्त्रण तथा अनुसन्धानलगायत सुरक्षा सम्बन्धी सबै कार्यमा सुरक्षा निकायको भूमिका उत्कृष्ट रहेको बताउनुभएको छ । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद लगायतको उपस्थिति थियो ।

टिप्पणीहरू