सामान किन्न हिँडेकी बालिकाको घाटी रेटेर हत्या

सामान किन्न हिँडेकी बालिकाको घाटी रेटेर हत्या

सुर्खेतमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । अस्ति बिहान १० बजेको समयमा घरबाट सामान किन्न भनेर हिँडेकी उनी हिजो मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्लाको लेकबेसी नगरपालिका–१, ढापखर्ककी ७ वर्षीया बालिका मनिषा सुनार हिजो घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार मृतक बालिका गगनबहादुर सुनारकी छोरी हुन् । बालिका घर नजिकैको पसलमा किनमेल गर्न गएको पारिवारिक स्रोतले बताएको छ ।

मृतक बालिका पसलबाट घर नफर्केपछि परिवारले हिजो इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो । शवको प्रकृति हेर्दा बालिकाको घाँटी रेटेर हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

टिप्पणीहरू