सैनिक श्रीमती संघको कोशेलीः दुर्गममा न्यानो लुगा

सैनिक श्रीमती संघको कोशेलीः दुर्गममा न्यानो लुगा

सैनिक श्रीमती संघको तर्फबाट मकवानपुरको दुर्गम कैलाश गाउँपालिका वडा नं ७ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्रालाई न्यानोकपडासहितका सामग्री वितरण गरिएको छ ।

संघकी अध्यक्ष सुनिता शर्माको अगुवाई र निर्देशनमा २६० जना बालबालिकालाई ट्रयाक,ट्राउजर, टिसर्ट,जुत्ता,झोला तथा कापीकलमको प्याकेज प्रदान गरिएको हो ।

संघको बार्षिकोत्सवको अवसरमा कैलाश गाउँपालिका ८ कोपिला प्रसुति केन्द्रको सेवा क्षेत्रभित्र रहेका बालबालिकाको दयनीय अवस्थालाई ध्यानमा राखी सहयोग गरिएको पुरानो गोरख गणका प्रमुख सेनानी राजेश थापाले बताउनुभयो ।

सामग्री वितरण कार्यक्रममा कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान,८ नं वडाध्यक्ष सूर्जबहादुर थिङ, वडा सदस्य मीना बलसहित शिक्षक,अभिभावक र बालबालिकाको उपस्थिति थियो ।

३८ औं बार्षिकोत्सवको अवसरमा चेपाङ,तामाङ र दलित समुदायका बालबालिकाहरुका लागि न्यानो कपडासहितका सामग्री वितरण गरिएको हो ।

सैनिक श्रीमती संघले सो स्थानमा प्रसुति केन्द्र समेत केही महिनाअघि स्थापना गरिदिएको छ । प्रसुति केन्द्रबाट अघिल्लो आर्थिक बर्षमा २० जना र चालू आवको कात्तिक तेस्रो सातासम्म १० जना गर्भवतीले प्रसुति सेवा लिई बच्चा जन्माएको वडाध्यक्ष थिङले जानकारी दिनुभयो ।

टिप्पणीहरू