एकाबिहानै हेटौँडाबाट अर्काे दुखद् खबर

एकाबिहानै हेटौँडाबाट अर्काे दुखद् खबर

हेटौँडाबाट मनहरीतर्फ यात्रा तय गरेको बा.प्र. ३००४ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा मंगलबार बिहानै एकजनाको ज्यान गएको छ ।

ज्यान जानेमा मोटरसाइकलकमा सवार सुशान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ११ बाघथलीस्थित पूर्वपश्चिम राजमार्ग खण्डमा ना ७ ख ८८१ नंको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट ३२ बर्षीय पुडासैनीको घटनास्थलमै ज्यान गएको छ । घटनापछि ट्रकका चालक लमजुङ घर भएका पूर्णबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटाना बिहान ६ बजे झिसमिसेमै भएको हो ।

टिप्पणीहरू