नियमितजस्तै सबै इजलासमा सबै खाले मुध्दाको पेशी चढ्यो

नियमितजस्तै सबै इजलासमा सबै खाले मुध्दाको पेशी चढ्यो

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आज मंगलबारका लागि सबै खाले मुद्दाको पेशी तोक्नुभएको छ । गत कात्तिक ८ गते इजलास बहिस्कार गरेका न्यायाधीशहरुले एक सातापछि बन्दीको मुद्दामा सुनुवाइ थालेका थिए। विद्रोही न्यायाधीशहरुले इजलाश हापेपछि बन्दीप्रत्यक्षीकरणका रिटको मात्र पेशी तोकिदै आएकोमा आजका लागि सबै खालका मुध्दा पेशीमा चढेका छन् । प्रधानन्यायाधीश राणाले आजका लागि १० वटा इजलास गठन गर्नुभएको छ । जसमध्ये ९ वटा संयुक्त इजलास तोकिएका छन् भने जबराको आफ्ना लागि एकल इजलास छ । राणाको एकल इजलाशमा सात वटा मुध्दा तोकिएको छ । जसमध्ये उत्प्रेषण,अदालतको अवहेलना र ज्यानसम्बन्धी कसुरसम्बन्धी मुद्धा छन् । आन्दोलनरत न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग बेञ्च शेयर नगर्ने सन्देश पाएपछि जबराले आफ्ना लागि एकल इजलास गठन गर्नुभएको बताइन्छ ।

महाभियोगको अस्त्र देखाउँदै प्रधानन्यायाधीश हटाउँदा भोलिको दिनको अवस्था मूल्याङ्कन गर्न न्यायाधीशहरुले सबैले सबैलाई कानेखुशी गर्न थाल्नुभएको छ ।

यस्तै आजका लागि दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलाशमा १५ वटा मुध्दा चढेका छन् । मीरा खड्का र कुमार रेग्मीको इजलाशमा १७ थान मुद्दा छन् ।

यस्तै हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलाशमा १२ वटा मुध्दा परेका छन् । विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलाशमा १२,आनन्दमोहन भट्टराई र श्री मनोजकुमार शर्माको संयुक्त इजलाशमा एउटा मुध्दा चढेको छ भने आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशमा १२ वटा मुध्दाको पेशी तोकिएका छन् ।

सर्वाेच्चको कजलिष्टअनुसार अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको अर्काे संयुक्त इजलाशमा २४ वटा मुध्दा पेशीमा लागि चढेका छन् । यस्तै सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठको अर्काे संयुक्त इजलाश तोकिएको छ भने तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलाश तोकिएको छ ।

हिजोको बैठकमा मूलतः बेञ्च बहिष्कारबाट समस्या समाधान हुँदैन,एउटा निश्कर्ष निकालौं भन्नेमा जोड दिइएको थियो । एक जना न्यायाधीशको बुझाईमा हिजोको बैठकमा सबैको ‘टोन डाउन’ भएको छ ।

विद्रोही न्यायाधीशहरु प्रधानन्यायाधीश राणाको बर्हिगमनको माग राख्दै १९ दिनदेखि आन्दोलनरत छन् । हिजो सोमबार ६ वटा इजलाश तोकिएकोमा कुमार चुडाल र बमकुमार श्रेष्ठ एकल इजलासमा बसेर मुध्दाको फैसला सुनाउनुभएको थियो भने तेजबहादुर केसी र नहकुल सुवेदी संयुक्त इजलासमा बस्नुभएको थियो । यस्तै प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गर्ने फैसला सुनाएको थियो तर प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र कुमार चुडालको संयुक्त इजलाश तोकिएकोमा चुडालले प्रधानन्यायधीश राणासँग बेञ्च शेयर गर्नुभएको थिएन ।

टिप्पणीहरू