सिटिजन्स बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर बिच सहकार्य

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ओम हस्पिटल तथा रिसर्च सेन्टर, चावहिल बिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट म्यानेजिङ्ग डाइरेक्टर  बाबुकाजी कार्कीले संयुक्त हस्ताक्षर गर्नु भएको छ । सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक, खातावाला महानुभाव तथा कर्मचारीहरुले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँने भएका छन् ।

सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  देशैभरी फैलिएका  आफ्ना ७४  वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

टिप्पणीहरू