कहाँ, कतिले, कुन खोप लगाए ?

कहाँ, कतिले, कुन खोप लगाए ?

नेपालमा कोरोनाविरुद्धका धेरै किसिमका खोप प्राप्त भएका छन् । कुनै खरिद गरिएको हो भने कुनै अनुदानमा प्राप्त भएका हुुन् । तीमध्ये भारतीय कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’, चिनियाँ कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ र अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप यहाँ ल्याइएको छ । खोप अभियानको शुरुदेखि हालसम्म १ करोड ६१ लाख ७१ हजार ३ सय २९ जनाले खोप लगाएका छन् ।

जसमध्ये, ८९ लाख ३६ हजार ५ सय ३२ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन् । त्यस्तै, ७४ लाख ३४ हजार सात सय ७९ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

भारतबाट ल्याइएको कोभिशिल्डको पहिलो डोज २९ लाख ६१ हजार २६ जनाले र दोस्रो डोज १६ लाख ८१ हजार चार सय २३ जनाले लगाएका छन् । यसमा सबैभन्दा बढी बागमती प्रदेशका छन् ।

कोभिशिल्डको पहिलो डोज बागमती प्रदेशमा छ लाख ७२ हजार दुई सय ५१ जनाले र दोस्रो डोज चार लाख ९४ हजार ९ सय ९३ जनाले लगाएका छन् । त्यस्तै, प्रदेश नम्बर १ मा ५ लाख २९ हजार तीन सय ५५ जनाले पहिलो डोज र दुई लाख ३१ हजार ३ सय ८१ जनाले दोस्रो डोज लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार, प्रदेश २ मा पाँच लाख ५८ हजार आठ सय पाँच जनाले पहिलो डोज र दुई लाख ५९ हजार ८ सय ८१ जनाले दोस्रो डोज लगाएका छन् । गण्डकी प्रदेशमा दुई लाख ७६ हजार ५ सय ६ जनाले पहिलो डोज लगाउँदा दोस्रो डोज चार लाख ४९ हजार ९३ जनाले मात्रै पाएका छन्।

लुम्बिनी प्रदेशमा पनि पहिलो डोज चार लाख ४९ हजार २ सय ७४ जनाले लगाउन पाएका छन् । दोस्रो डोज दुई लाख ५८ हजार आठ सय जनाले मात्रै लगाएका छन् । सबैभन्दा कम कर्णालीमा १ लाख ४३ हजार तीन सय ९१ जनाले पहिलो डोज र ७९ हजार तीन सय ७८ जनाले दोस्रो डोज लगाएका छन् ।

सुदूरपश्चिममा पनि दुई लाख ७६ हजार ५ सय ४४ जनाले कोभिशिल्डको पहिलो डोज लगाएका भए पनि १ लाख ८० हजार १ सय २३ जनाले मात्रै दोस्रो डोज लगाउन पाएका छन् ।

चीनबाट ल्याइएको भेरोसेलको वितरण बागमती प्रदेश केन्द्रित देखिन्छ । देशभर लगाइएको भेरोसेलको पहिलो डोजमध्ये ५० प्रतिशतभन्दा बढी बागमतीमा लगाइएको छ ।

अहिलेसम्म देशभर ५८ लाख ३० हजार चार सय छ जनाले पहिलो डोज र ४२ लाख ९८ हजार ७७ जनाले दोस्रो डोज लगाएका छन् । जसमा बागमतीमा पहिलो डोज २२ लाख ४० हजार ४३ जनालाई र दोस्रो डोज १८ लाख ३७ हजार सात सय ७३ जनालाई लगाइएको छ ।

त्यस्तै, प्रदेश १ मा छ लाख ८५ हजार सात सय ९६ जनालाई पहिलो डोज र चार लाख २७ हजार आठ सय ६४ जनालाई दोस्रो डोज लगाइएको छ । प्रदेश २ मा पनि सात लाख ६६ हजार दुई सय ३४ जनाले पहिलो डोज पाउँदा चार लाख ३३ हजार तीन सय २९ जनाले मात्रै भेरोसेलको दोस्रो डोज लगाउन पाएका छन् ।

गण्डकीमा पहिलो डोज पाउनेको संख्या छ लाख १९ हजार सात सय ८० छ भने दोस्रो डोज चार लाख १२ हजार ३९ जनाले लगाएका छन् ।

लुम्बिनीमा पहिलो डोज आठ लाख २९ हजार ५ सय ८२ जनाले लगाए पनि दोस्रो डोज भने छ लाख ११ हजार ५ सय २० जनालाई मात्रै लगाइएको छ ।

कर्णालीमा एक लाख ४३ हजार ३ सय ९१ जनाले पहिलो डोज लगाएका छन् भने ७९ हजार तीन सय ८७ जनाले मात्रै दोस्रो डोज लगाएका हुन् ।

यस्तै, सुदूरपश्चिममा दुई लाख ७६ हजार पाँच सय ४४ जनाले भेरोसेलको पहिलो डोज पाए पनि एक लाख ८० हजार एक सय २३ जनाले मात्रै दोस्रो डोज लगाएका छन् ।

यता, अमेरिकाबाट ल्याइएको जोन्सन एण्ड जोन्सन खोप पनि बागमती प्रदेश केन्द्रित बनेको छ । बागमती प्रदेशका तीन लाख ८० हजार नौ सय ६९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

टिप्पणीहरू