भारतीय हस्तक्षेपविरुध्द १३ थरि संगठन माइतीघरमा भिड्ने

भारतीय हस्तक्षेपविरुध्द १३ थरि संगठन माइतीघरमा भिड्ने

भारतले गर्दै आएको सीमा अतिक्रमण र हस्तक्षेपविरुद्ध आज माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । हिजाे एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले भारतीय विस्तारवादको बिरोध गर्ने बताएका छन् ।

सन् १८१६ को सुगौली सन्धि यता भारतले लगातार विस्तारवादी कदम चालेको बताउँदै नेपाली राष्ट्रियताको आन्दोलनमा जनताको ठूलो बलिदान रहेको उनीहरुले बताएका छन् । उक्त बलिदानलाई शासकहरुको आत्मसमर्पणवादी चरित्रका कारण माटोमा मिलाइएको र भारतको हेपाहा प्रवृत्ति सहनुपरेकाले भोलि विरोध गर्न लागिएको हो ।

विज्ञप्तिमा नेपालीहरु चाडपर्वमा रमाइरहेको बेला भारतीय पुलिस फोर्सले नेपालको जमिन सुस्ताको डुवान क्षेत्रको १४ सय हेक्टरभित्र आफ्नो जवानहरुको तैनाथीमा गरेको नापजोख र हस्तक्षेपप्रति उनीहरुले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

भारतीय हस्तक्षेपको घोरभर्त्सना गर्दै भारतलाई यस्तो हर्कत नगर्नसमेत संगठनले चेतावनी दिएको छ । साथै, दिउँसो २ बजे हुने प्रदर्शनमा सहभागी हुन सम्पूर्ण देशभक्त नागरिक,बुध्दिजीवी,युवा,विद्यार्थी, पत्रकार, वकिललगायतमा अनुरोध समेत गरिएको छ ।

टिप्पणीहरू