नेपाली सेनालाई चिनियाँ खोप

नेपाली सेनालाई चिनियाँ खोप

चीनले नेपाली सेनालाई कोरोना भाइरसबिरुद्धको तीन लाख डोज खोप प्रदान गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत हौउ यान्छीले आज भद्रकालीस्थित जंगी अड्डा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई खोप हस्तान्तरण गर्नुभएको हो ।

चिनियाँ जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोगस्वरुप १० थान भेन्टिलेटर तथा एक सय थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो ।

खोप बुझ्दै प्रधान सेनापति शर्माले मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिनुभएको छ ।

टिप्पणीहरू