रावलजी रन्किनुको रहस्य « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

रावलजी रन्किनुको रहस्य

प्रकाशित मिति :  २४ जेष्ठ २०७५, बिहीबार २२:४५


  • दयालबहादुर शाही

०५८ साल फागुन ३ को एमाले–माले एकता र अहिले माओवादीसँगका एकतामा मेराविरुद्ध षड्यन्त्र गरियो । एकताको हलुवामा बालुवा हाल्ने तत्वले हिजो मलाई संकटकालको त्यो अँधेरी रात जिल्ला सचिवबाट विस्थापित पा¥यो । धम्क्याएर खान पल्केको त्यही तŒवले आज पार्टी छाड्ने धमाससाथ हाइकमाण्डलाई अप्ठ्यारो पा¥यो र मलाई केन्द्रीय सदस्य हुनबाट हत्यायो । राम र युधिष्ठिर त बाह्र–चौध वर्ष मात्र वनवास रहे । ममाथि अत्याचारको सिलसिला १८ वर्ष पुरानो छ ।

०५४ सालमा एमाले विभाजन भयो । भीमबहादुर कडायत, जगत्बहादुर बोगटीजस्ता अछामका नेताले रावल कमरेडको रुखो, घातक र मुनाफाखोर राजनीतिदेखि दिक्क भएर साथ छाडे । पार्टी विभाजनको पीडादायी असर यस्तो भइदियो कि भीम रावल कमरेडलाई उहाँकी श्रीमती सञ्जिता गिरीले समेत साथ छाडेर माले प्रवेश गर्नुभयो । त्यो बेला उहाँको काँध हलुंगो पार्ने र उहाँलाई सान्त्वना दिने केही थान युवानेतामध्ये म पनि थिएँ । त्यतिबेला बाजुरामा उपसचिव थिएँ । ०५७ सालको कुरा हो । पार्टी केन्द्रबाट अन्तरपार्टी निर्देशन जिल्ला कमिटीमा आउने नै भयो । पार्टी विभाजनताका काँध थापेका कमरेडहरू शंकर पोखरेल, गुरु बराल, देवराज घिमिरे, खगराज अधिकारी, काशीनाथ अधिकारीलाई तत्कालीन महासचिव माधवकुमार नेपालको रुचिलाई सम्बोधन गर्ने गरी कार्यविभाजनको सुन्दर बहानामा अञ्चल इञ्चार्जबाट हटाइएको निर्णय पनि पढेँ । केही महिनापछि काठमाडौंका जिल्ला कमिटी सचिव रामेश्वर फुयाँल र ललितपुर जिल्ला मिठाराम शर्मालाई पनि संंस्थापनको जोडबलमा हटाइयो । यी सबै हर्कत केपी कमरेडका पखेटा काट्ने तत्कालीन संस्थापनको रुचिका सहउत्पादन थिए । मलाई यसको भण्डाफोर गर्ने जंग चलेको थियो । हामी तेस्रो जिल्ला अधिवेशनको तयारीमा थियौं ।

मैले कर्णजीलाई सचिव तपाईंं हुनुहोस्, उपसचिव कालीबहादुर शाही र अजबहादुर मल्लमध्ये एक जनालाई बनाऔं भनेकै हुँ । परिस्थिति यस्तो प¥यो कि म सर्वसम्मतिले जिल्ला अधिवेशनबाट सचिव चुनिएँ । काठमाडौं आएर तत्कालीन महासचिव माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य केपी कमरेडलाई भेटँे । केपी कमरेडसँग गहिरो बातचित भयो । माधव कमरेडसँग पार्टी कार्यालय बल्खु प्रांगणको बातचितलाई ईश्वर पोखरेल कमरेडले बिथोलिदिनुभयो । त्यो दिन माधव कमरेडसँगको निजी भेटघाट उहाँले नबिथोलिदिएको भए यो सत्य कथाले अर्कै मोड लिन सक्थ्यो कि ? मैले जे कुरा जसरी ओली कमरेडसामु राखेँ त्यही कुरा माधव कमरेडसँग राख्ने अवसर पाएको भए भन्ने थिएँ– ‘केन्द्रमा पार्टी एकता भएको छैन तर बाजुरामा मैले घरफर्क अभियान सफल पारी ०५६ सालको आम निर्वाचनका उम्मेदवारद्वय एमालेका कर्णबहादुर थापा र मालेका हिक्मतबहादुर शाहीलाई मिलाइसकेकोे छु । मलाई काम गर्ने अवसर दिनुहोस् । एमालेले पाएको ११ हजार मत र मालेले पाएको ९ हजार मत बढाएर बाजुरालाई आधुनिक एमालेको पावरहाउस बनाउनेछु ।’

जुन नेता भेट्टायो उसलाई राम्रो लाग्ने कुरा मात्र गर्ने होइन कि कमजोरीमाथि सुझाव दिन धक नमान्ने मेरो स्वभाव छ । ओली कमरेडलाई भेट्दा अवस्था नाजुक थियो । इन्चार्ज फेरिँदा र सचिव हटाइँदा पनि प्रतिवादको कल्पना गर्न सकिएको थिएन । मैले भनेको थिएँ, ‘यस्ता चलखेलको प्रतिवाद सशक्त हुनुपर्छ र स–साना कुरामा निहुँ खोजेर सिपीको बाटो अवलम्बन गर्नु हुँदैन । किनकि आममानिसको स्वभाव सजिलो खोज्ने हुन्छ । कार्यकर्ता संस्थापन र बहुमततिर ढल्कनमा सक्रिय हुन्छन् । आजसम्म काँध थापेको पैंचौ तिर्ने कि नतिर्ने भनेर माधव कमरेडलाई सीधै कुरा राख्नुहोला र बेइमानी भए कार्यकर्ताको अदालत गुहार्नुहोला ।’ ईश्वर कमरेडले माधव कमरेडलाई तानेर गाडीमा हाली अन्यत्रै नलगिदिएको भए म कुरा राख्ने थिएँ, ‘सुदूरपश्चिम ०५६ को निर्वाचनमा परिणाम शून्य विकास क्षेत्र भएकाले यसलाई गुटबन्दीरहित विकास क्षेत्र बनाउनु छ । सकभर अन्य चार विकास क्षेत्रमा पनि कांंग्रेस, माओवादी र राजावादीबाट एमालेमाथि तेहेरा संकट रहेकाले संगठनलाई बियरलाई झंै छचल्काउने, उमाल्ने र पोख्ने खतराबाट सजग राख्नु पर्नेछ । तर, मेरो सपना हुरीले उडाइदियो । कर्णजी र हिक्मतजीलाई मिलाउँछु भन्ने कुरा ईश्वर कमरेडलाई रुचेनछ । कर्णजी र केपी कमरेडलाई संकेत गर्दै प्याच्च भनिहाल्नुभयो– ‘भूगोलमा नखट्ने, काठमाडौंमा बस्ने, नेताकोमा धाउने … ।’

त्यसपछि परिस्थिति बिग्रियो । कर्णजीको नाम लिएकै आधारमा मलाई आफ्नो कार्यकर्ता नभई गुटको चस्माले हेर्न थाल्नुभयो । मलाई कर्णजी र केपी पक्षको भनेर बिल्ला भिडाइयो । बाजुरा एमाले अछामभन्दा संगठनका हिसाबले मजबुत पारेकोमा रावल कमरेडमा जलन पैदा भएकै थियो । आफ्ना लागि धेरै हिसाबकिताब गरेर जे पनि गर्न पछि नहट्ने कमरेडले बाजुरा एमालेलाई यथा अवस्थामा छाडिदिने हो भने सुदूरपश्चिमको नाम भजाएर खाने आकांक्षामा धक्का पुग्ने देख्नुभयो । ओलीपक्षीय सचिव हटाउने इन्चार्जलाई संस्थापनले ग्रेड दिने गरेको मनोविज्ञान रावलजीजस्तो लाभशास्त्रको तेज विद्यार्थीले थाहा नपाउने कुरै थिएन । अनि एउटा बहुविवाहको केस उछाल्नुभयो । अहिले मलाई वञ्चित पार्ने धमास दिएर मन्त्री हुने वा हाइकमाण्डमा छिर्ने दाउ त घामजस्तै छर्लंग छ । त्यतिबेला थापिएको पासो छिनाल्न जिल्ला कमिटी सदस्यबाट निलम्बन गरेँ । पछिल्लो बैठकबाट सदस्यता खारेज गर्छु भनेँ । तर, उहाँ र पार्टी एकतासमेतलाई बहाना बनाएर बर्खास्त गर्न सफल हुनुभयो । फड्के किनारका साक्षी तत्कालीन सेती अञ्चल कमिटीका सदस्यहरू भानुभक्त जैसी, हर्कबहादुर सिंह, कर्णबहादुर खड्का, भरत साउद, महेश्वर पाठक सबै आज रावलपीडित महासंघको सदस्य हुनुहुन्छ ।

सचिव हटेपछि काठमाडौं आएँ । केपी कमरेडले भन्नुभयो माधव कमरेडलाई भेट्नुहोला । भेटवार्ताका क्रममा माधव कमरेडले भन्नुभयो– ‘बाजुरामा लगनशील, इमानदार र सादगी नेता कोही छ भने त्यो दयालबहादुर शाही हो भन्ने कुरा आएको छ । असल मान्छेमाथि अन्याय भएछ । गल्ती अहिले सच्याइए भीम रावल रिसाउने भएकाले समय हेरेर म बहाली गर्छु । ईश्वर पोखरेललाई भेटिहाल्नुस् । उहाँहरूले यसअघि पनि काठमाडौं र ललितपुरको सचिव हटाउनुभएको थियो । मलाई लाग्यो दैला चाहारेर दयाको भीख माग्नुभन्दा अञ्चल इञ्चार्ज र सचिव हटाएर केपी कमरेडका पखेटा काट्ने संस्थापनको यज्ञ विध्वंश गर्नतिर किन नलाग्ने ? ०५९ साल एमालेको महाधिवेशन वर्ष थियो । लालबहादुर थापाले जिल्ला कमिटीमा बहुमत पु¥याएर टिके सचिवलाई हटाई मलाई निर्वाचित सचिव बहाली गरिछाड्ने वचन दिनुभयो । मलाई भने एकाएक सचिव बनाइएका बिचरा तेजबहादुर शाहलाई चलाउन ठीक लागेन । अनुशासन निरीक्षण कमिटी र पार्टी स्वयंले निर्वाचित सचिवलाई हटाइएको गल्ती सच्याए ठीक छ नत्र जिल्लामा जात्रा गर्न उचित नलागेकाले थापाजीलाई त्यसो नगरौं भनेँ । बरु, लेखनको मोर्चाबाट अन्यायको अखडामा हमला गर्ने निष्कर्षमा पुगेँ ।

सातौं महाधिवेशनको ६ महिनाअघि माधव कमरेडको सहकर्मीको पैँचो नतिर्ने र टहल नगर्ने प्रवृत्तिमाथि कटाक्ष गरेँ । सिपी र वामदेव कमरेडपछि ओली कमरेडलाई समाप्त पार्ने खेलको डटेर आलोचना गरेँ । मेरो लेखाइमा सहकर्मीको टहल गर्दा मदनले पाएको उचाइको चर्चा थियो र सहकर्मीलाई भैंसीको मासु सिंगको अचानो गरेर समाप्त पार्ने माधव कमरेडको उपयोगितावादी राजनीतिले निम्त्याउने संकटको पूर्वानुमान र चिन्ता पनि थियो । मैले सेना र माओवादीको दोहोरो मारलाई वास्ता नगरी कार्यक्षेत्रमा रहेका कार्यकर्तामाथि बल्खुबाट विद्युतीय धराप ओछ्याउने छुट नेतृत्वसँग छैन र कसैलाई पनि अन्यायको कोलमा पिस्नुहुन्न भनेँ । अमृतकुमार बोहराजस्तो भीष्म पितामहको अगाडि मेरो पार्टी सदस्यताको चीरहरण गराएर मसँग बदला लिइयो ।

सत्पात्रलाई थाम्न नसक्दा र खलपात्रलाई डाम्न नसक्दाको परिणाम राम्रो आउँदैन । ०६४ सालमा जनता जनार्दनले माधव कमरेडसहित सिंगो एमालेलाई दण्डित गरे । एमालेले मलाई सदस्यता फिर्ता दियो । पटक–पटक रावल कमरेडले नै ओली कमरेडसँग सम्बन्ध निकट राख्न हारगुहार गर्नुभयो । ओली प्यानलबाट आठौं महाधिवेशनमा उपाध्यक्ष लड्नुभयो । पछि ओली क्याबिनेटको उपप्रधानमन्त्री हुँदा मैले उहाँलाई खादा ओढाएर स्वागत गरेकै हुँ ।

बनावटी कुरा गरेर केही लिनु छैन । रावल कमरेडसँग सिनियर भनेर अरूलाई नगन्ने कुलत छ । पार्टीका पत्रकारलाई पार्टीले मासिक एक हजार तलब तोकेपछि मलाई चार हजार चाहिन्छ भनेर हिँडेको देख्ने जान्ने जीवितै छन् । जेएन कमरेडको पीए भएर काठमाडौं नछोडिदिँदा ०४८ मा एमाले सुदूरपश्चिमभरि पराजित भयो । जबकि शेरबहादुर देउवाको ०४७ सालभरि सुदूरपश्चिमव्यापी दौडाहाका कारण पञ्चमय मत कांग्रेसमय बनेको थियो । चुनावी हारपछि अन्य एमाले नेताले भूगोल कुुरे । रावलजी कम्बोडियाको युएन मिसनमा गइदिएपछि लुम्बिनीबाट विष्णु पौडेल गएर सुदूरपश्चिम हेर्नुभयो । कांग्रेसमा छत्तीसे र चौहत्तरे भएपछि अछाममा अन्य सहकर्मीको पसिनामा पौडी खेली चुनाव जित्ने र मन्त्री हुने क्रम तीव्र भए पनि शुरुदेखि आजसम्म गोबर सोहोर्ने को हुन् र कसले डेरी चलाएको छ जनताको अदालतबाट छिपेको छैन । मन्त्री भइसकेको नेता समानुपातिकबाट सभासद् हुनु र अछाममा जिल्ला समन्वय एमालेको नबन्नुले पनि स्थिति छर्लंग पारेकै छ । सत्य यस्तो भएर पनि यो वा त्यो नेताको आडमा त्यहाँ परशुरामले क्षेत्री शून्य धर्ती पृथ्वी पारेझंै भिन्न मत शून्य पार्ने हर्कत जारी छ । मेरो प्रश्न छ, यो जगजगीलाई छुट किन ? ७ नम्बर प्रदेशमा उहाँको रजगज र पीडितको आर्तनादमा म किनाराको साक्षी बन्न सकिनँ र बन्न सक्ने छैन पनि । सीमा क्षेत्रका डाँकाले दुवै देशको क्षति गर्छन् । पूर्वएमालेका दुवै धाररूपी देशले चेतेर रेडकर्नर नोटिस जारी गरेको रिस खन्याइएकोमा मलाई स्वीकार्य छ ।

रावलजीको पार्टी फोड्ने धमासबाट आत्तिनु जरुरी थिएन । धम्क्याएर खान खोज्नेहरूका लागि पूर्वएमाले जस्तो संसारमा अर्काे पार्टी नै थिएन । अब नेकपाबाट पनि झारेर खाने तŒव हौसिने खतरा बढेर गएको छ । हाइकमाण्ड बढाएर पनि दुःखी आत्मा भट्किरहनेछ । दुई अध्यक्ष भइसकेको सन्दर्भमा राजपामा झैं अध्यक्ष मण्डलको माग उठ्नेछ । मेरो सत्यका पक्षको आवाजले चरम महŒवाकांक्षामा ठेस लाग्ने भएकाले रावलजी रन्किनु अन्यथा होइन ।


प्रतिक्रिया दिनुहोस !