एकले डुबेर,अर्कोले लडेर ज्यान गुमाए

एकले डुबेर,अर्कोले लडेर ज्यान गुमाए

घर नजिकैको पोखरीमा डुबेर एक जना नाबालकको ज्यान गएको छ । ज्यान जाने नाबालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ का बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दर्पण अधिकारी भएको प्रहरीले जनाएको छ । अधिकारी हिजो बेलुकी ६ बजेतिर घर नजिकै पोखरीमा डुबेका थिए । उनी डुबेको देखेपछि घर परिवारका सदस्यले तत्कालै उध्दार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगेका थिए । नाबालकको उपचारकै क्रममा साढे ६ बजे मृत्यु भएको हो ।

यसैगरी अर्का एक किशोरको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा मोलुङ गाउँपालिका ७ पात्ले खानीचौरका २२ बर्षीय निमा शेर्पा हुन् । घरबाट अन्दाजी ५०० मीटर पश्चिम खस्रुको रुखमा घाँस काट्न चढ्दा हिजो दिउँसो लडेर घटनास्थलमै उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले सक्रियता बढाएको छ ।

टिप्पणीहरू