यात्रुबसको ठक्करले दाजुभाइ ठहरै

यात्रुबसको ठक्करले दाजुभाइ ठहरै

यात्रु बसले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइकै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका ८ भन्टाबारीका ३० बर्षीय अल्ताफ मियाँ र उनकै भाइ ३० बर्षीय गयासुद्दिन रहेका छन् । दाजु अल्ताफले प्र.२-०१-००१प ०७६३ नम्बरको मोटरसाइकल हाँकेका थिए भने भाइ पछाडि बसेका थिए । मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१-०१-००१ ख ३५३० नम्बरको यात्रु बसले हिजो ठक्कर दिएको थियो । ठक्करबाट घाइते दाजुभाइलाई उपचारको निम्ति न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।|

प्रहरीले बस र चालक झापा कनकाई नगरपालिका ३ सुरुङ्गाका ५५ बर्षीय पुष्प अधिकारीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू