रौतहटमा तस्करीको कपडा बरामद

रौतहटमा तस्करीको कपडा बरामद

रौतहटमा पनि तस्करीको सामान बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको बर्दिवास बाहिनीबाट खटिएको टोलीले भारतबाट तस्करी गरेर ल्याइएको कपडा समातेको हो ।

भारतीय सीमाबाट ल्याइएको तस्करीको कपडा रौतहटको बंकुल हुँदै भित्र्याइएको आशंका छ । झण्डै तीन लाख रुपैयाँभन्दा बढीको तस्करीको कपडा सशस्त्रको बंकुल बिओपीमा बुझाइएको थियो ।

बंकुल बिओपीले रौतहट भन्सार दाखिला गरिसकेको बताइएको छ ।

टिप्पणीहरू