मलाई छाडी कन्ये केटीतिर मन

विराज भट्टसँग मेरो सम्बन्ध ब्ल्याकमेलिङका लागि होइन, अनन्तकालसम्म जीवनयापनका लागि हो । हाल ट्राभल हाउस, १२६ ब्रोडवे, लण्डन, डब्लू १३ ओएसवाइमा व्यवसाय गरी बस्ने वर्ष ४६ का विराज १९९७ मा अध्ययनका लागि बेलायत जानुभएको हो । उहाँसँग ७ जुन २०१५ मा पहिलोपटक भेट भएदेखि हाम्रो सम्बन्ध नियमित थियो । उहाँले श्रीमती त्यागेर छुट्टै बसेको अवस्थामा विभिन्न आश्वासन दिई सँगै बस्ने बाचास्वरुप हाम्रो सम्बन्ध जोडिएको हो । मैले दर्शाएको अगाध सम्बन्धका कारण नै दाहिने पाखुरामा उहाँको नामअंकित ट्याटुसमेत लगाएको छु । उहाँ र म लण्डनमा एउटै फ्ल्याटमा रहेका थियौं । अहिले आएर थाहा भयो, उहाँले श्रीमतीसँग छुट्टिएर बसेको अवस्थामा मलाई यौन चाहना पूरा गर्ने माध्यम मात्र बनाउनुभएको रहेछ । हामीबीच रहेको सम्पूर्ण सम्बन्धलाई त्यागेर जब उहाँले कुमारी केटी बिहे गर्न नेपाल आउने घोषणा गर्नुभयो, ततपश्चात मैले आफ्नो भावी जीवन रक्षार्थ र आमनेपाली नारीप्रति हुने मानसिक, शारीरिक शोषणविरुद्ध गणेश बस्नेत संलग्न सुयोग मिडिया हाउस प्रालिबाट सञ्चालित जनता टाइम्स नामक अनलाइनलाई आफ्नो कथाव्यथा सुनाएकी थिएँ । म विवाह गरी वैधानिक रुपमा सम्बन्धबिच्छेद गरिसकेकी महिला हुँ, जुन कुरा सबैलाई जानकारी छ । आफ्नो व्यक्तिगत जीवनबारे आवश्यक व्यक्तिलाई सम्म जानकारी गराउने हो । सबैलाई फलाक्दै हिँड्नु जरुरी ठान्दिन ।

ट्यारोट कार्ड मेरो व्यक्तिगत शिक्षा हो र सोहीसँग सम्बन्धित व्यवसाय पनि । नेपालबाट ग्रामीण विकास र सोसियोलोजी विषयमा स्नातकोत्तर सकेपछि लण्डन स्कुल अफ अस्ट्रोलोजी, उस्टनबाट उक्त विषयमा डिग्री हासिल गरेकी हुँ । नेपालमा हस्तरेखा विशेषज्ञ र ज्योतिष विज्ञानको मद्दतले भूत–भविष्य हेरेजस्तै ट्यारोट कार्डबाट भविष्य हेर्ने कार्य विश्वमै वैधानिक छ । मैले विराज भट्टलाई कुनै हानिनोक्सानी वा सार्वजनिक बेइज्जति हुने कार्य गरेको वा उहाँको धन–सम्पत्तिमाथि आँखा लगाएकी छैन । मेरो प्रकाशित फोटो कुनै मोडलिङ वा अभिनयमा खेल्दाका अवस्थामा खिचिएका हैनन् । कुनै राम्रो कलाकारले कोरेको चित्रकला वा कोलाज गरिएका तस्बिर पनि हैनन् ।

– क्षमता ढकाल, मो.नं. ०७४२८२१२७७७, हाल ः ललितपुर महानगरपालिका–४

टिप्पणीहरू