घिउ निकाल्न दही मथौं

म शुरुदेखि नै जनआस्थाको नियमित पाठक हुँ, मेरो संकलनमा विभिन्न कारणले बाहेक बढीमा चार थान कमी छ । पत्रिका बढी बिक्री गराउन दरबार र सेनाका (जायज नाजायज) खबरलार्ई उत्तेजित तरिका र नौलो शीर्षक दिएर छापिने गरेको सबैजसोको इतिहास छ । अब दरबार छैन, सेनाबाट पनि मसला नआउने हैन तर बेलाबखत बिना अर्थका झुत्रे खबरलार्ई प्राथमिकता दिन खोजेको देखँे । एक हप्तामा निस्कने पत्रिका पनि पढ्नै नसकिने साना अक्षर हालेर आँखालार्ई सास्ती दिइएको छ । त्यसमाथि सात दिन कुर्दा पनि कुरा (विषय) नपाएर हो कि अर्थोपार्जनको आसमा विज्ञापनले करिब—करिब आधी ओगटेको देखेको छु । दही मथे मात्र घ्यू निस्कन्छ भन्ने हेक्का राख्दा राम्रो होला कि !
–  झंकबहादुर सिलवाल, पूर्वसैनिक

टिप्पणीहरू